FAQs Complain Problems

FAQ

सिमकोट गाउँपालिका लाई कसरि सम्पर्क गर्ने ?

सिमकोट गाउँपालिकाको सम्पर्क नं :०८७-६८००९४ मा फोन गरि सम्पर्क गर्न सकिने छ I

गाउँपालिका बाट प्राप्त हुने प्राकृतिक प्रकोप सहायता कसरि प्राप्त गर्ने?

प्रहरी सर्जिमिन मुचुल्का, सम्बन्धित वडाको सिफारिश सहित निवेदन दर्ता गर्ने, तोक लगाउने र स्थानीय तहले तोकिएको सहायता उपलब्ध गराउने छ I  

गाउँपालिका बाट प्राप्त हुने सेवा सुबिधा लिने प्रक्रिया के हो?

१) निवेदन दर्ता गर्ने २) तोक लगाउने ३) सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने I

गाउँपालिका बाट प्राप्त हुने सेवा सुबिधा के के हुन्?

गाउँपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ  I

सिमकोट गाउँपालिका कुन ठाउँमा पर्छ ?

नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्लाको उत्तर पश्‍चिम भाग मा सिमकोट गाउँपालिका अवस्थित छ l